News Portal

  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको व्यावसायिक भवन निर्माण सम्पन्न, फागुन १४ मा सार्दै केन्द्रीय कार्यालय

    आर्थीकसंसार संवाददाता८ फागुन, २०८२
    ३०२ पटक
    ८ फागुन, २०८२

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो व्यावसायिक भवन निर्माण सम्पन्न गरेको छ।

    काठमाडौंको पानीपोखरीमा कम्पनीको व्यावसायिक भवन निर्माण सम्पन्न भएको हो। कम्पनी सञ्चालक समितिको बैठकले अब फागुन १४ गतेदेखि केन्द्रीय कार्यालय स्थापनान्तरण गर्ने भएको छ।

    सोही भवनबाट केन्द्रीय कार्यालयबाट प्रदान हुने बीमा सेवासम्बन्धी कामकारबाही सञ्चालन हुने कम्पनीले जनाएको छ।

    हाल कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको नक्सालस्थित भीम प्लाजामा रहेको छ।

    प्रतिकृया दिनुहोस्