News Portal

  • बैंक अफ काठमाण्डूको सेयर नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता५ माघ, २०७७
    ९८५ पटक
    ५ माघ, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको आज (माघ ५ गते) सोमबार मात्रै १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
    गत मंसिर १५ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले उक्त बोनस प्रस्ताव पारित गरेको थियो । सभाले पारित गरेसँगै नेप्सेमा सो मात्रा अर्थात एक करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै अबको केही दिनमा कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोस्रो बजारमा किनबेच गर्न पाइने छ ।
    कम्पनीको सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद (लाभांशमा लाग्ने कर समेत) गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको थियो ।

    प्रतिकृया दिनुहोस्