काठमाडौं । नेपाल एसबिआई बैंकले नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको छ । बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ३ दशमलव ४७ प्रतिशत नगद लाभांश हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा आजदेखि पठाउन सुरु गरेको हो ।
हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका र हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले यथाशीघ्र शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश पाउने पनि बैंकले जनाएको छ ।
बैंकले विभिन्न वार्षिक साधारणसभाबाट पारित भएको मितिले ५ वर्ष बितिसकेपछि पनि केही शेयरधनी अझै लाभांश संकलन गर्न नआएकाले सम्पर्क गर्न आग्रह गरेको छ ।
विभिन्न समयमा जारी गरेको हकप्रद शेयर खरीदका लागि आवेदन पेश गरी फिर्ता भएको लगानी रकम हालसम्म पनि केही शेयरधनी लिन नआएकाले उक्त लगानी रकम कम्पनी ऐन २०६३ अनुसार लगानीकर्ता संरणक्ष कोषमा पठाई सकिएको हुँदा आफ्नो लिन बाँकी नगद लाभांश नेपाल एसबिआई मर्चेण्ट बैंकिङमा सम्पर्क राख्नसमेत बैंकले आग्रह गरेको छ ।
नेपाल एसबिआई बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश पठायो
आर्थीकसंसार संवाददाता५ माघ, २०७७
५ माघ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने