५ फागुन, २०८२काठमाडौं । मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठको नेतृत्वमा एजेन्सी टोलीद्वारा देशभरका विभिन्न जिल्लाहरुमा बीमा सचेतना कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रम मार्फत करिब ८०० भन्दा बढी नागरिक, व्यवसायी र समुदायिक प्रतिनिधिहरूलाई प्रत्यक्ष रूपमा बीमाको महत्त्वबारे जानकारी गराईएको छ।
१३ वटा विभिन्न शहरहरुमा आयोजना भइरहेको यो पहलले देशका ग्रामिण परिवारहरूको भविष्य सुरक्षित बनाउन र आत्मनिर्भर भएर अघि बढ्नको लागि प्रेरित गर्ने छ।
पूर्वको इलामदेखि पश्चिमको महेन्द्रनगरसम्म प्रत्यक्ष रूपमा स्थानीयहरुले बीमाको महत्व, उद्देश्य र तर्क बुझ्ने अवसर पाएका छन्। मेटलाइफ नेपालले स्थानीय समुदायसँग खुलेर संवाद गर्दै—बीमालाई खर्च भन्ने भ्रम, गलत बुझाइ, र अविश्वास हटाएर बीमालाई ‘जीवन सुरक्षा उपकरण’ को रूपमा प्रस्तुत गरेको छ।
प्रत्येक कार्यक्रममा सहभागीले आफैँका जीवनका जोखिम, परिवारका सम्भावित चुनौतीहरू र बीमाले कसरी सहारा दिन्छ भन्ने वास्तविक जीवनका उदाहरणहरू सुन्दै यस अन्तरक्रियात्मक कार्यक्रमले उनीहरुको भावना र व्यवहार दुवै स्तरमा परिवर्तन ल्याउने आशा राखिएको छ।
कार्यक्रमले मेटलाइफको कस्टमर फर्स्ट नारालाई व्यवहारमा उतार्दै बीमालाई भविष्यको अनिश्चितता रोक्ने सुरक्षा कवच, बच्चाहरूको शिक्षादेखि स्वास्थ्य उपचारसम्मका सपना जोगाउने आर्थिक सहारा र आपत्–विपत्सँग लड्ने शक्ति भनेर पुनःपरिभाषित गर्ने लक्ष्य राखेको छ। नेपालमा दीर्घकालीन बीमा संस्कृति निर्माण, वित्तीय स्थायित्व वृद्धि, र देशभरका परिवारलाई सुरक्षित भविष्यतर्फ अघि बढाउने स्थायी कदम हो।

