आर्थीकसंसार संवाददाता२९ माघ, २०८२
२९ माघ, २०८२काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अमृत लम्साल नियुक्त भएका छन् ।
नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बीमाको सञ्चालक समितिको अध्यक्ष तोकेको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले लम्साललाई बुधबार (आज) पद तथा गोपनीयताको शपथ गराइन् ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत पदाधिकारीहरू उपस्थित थिए ।

