आर्थीकसंसार संवाददाता२८ माघ, २०८२
२८ माघ, २०८२काठमाडौं । आजसम्म शेयर किन्नेले एशियन लाइफको प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले लाभांश र सभा प्रयोजनका लागि माघ २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
कम्पनीले गत आर्थिक वर्ष२०८१।८२ का लागि हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (करसहित) छन्।

