News Portal

  • वृज एडिटिभ्सले प्रायोजन गरेको सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

    आर्थीकसंसार संवाददाता२५ माघ, २०८२
    १२ पटक
    २५ माघ, २०८२

    काठमाडौं । वृज एडिटिभ्स् प्रा.लि.को प्रायोजनमा आयोजित सोह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । “दूरदृष्टिसहितको निर्माणः दिगो र सुदृढ नेपालका लागि युवा, नवप्रवर्तन र दिगोपनको समन्वय” भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ क्याम्पस, पुल्चोकको प्राङ्गणमा माघ २३ गतेदेखि तीन दिनसम्म प्रदर्शनी आयोजना गरिएको थियो ।

    प्रदर्शनीअन्तर्गत फोटोग्राफी, क्विज, ट्रेजर हन्ट, पप्सिकल ब्रिज, पेपर प्रिजेन्टेसन, फ्लोट डिजाइन, सर्भेइङ च्यालेन्ज, मोडल कम्पिटिसन, सेकेन्ड टेबल, कविता प्रतियोगिता, ओलम्पियाड, अटोक्याड, इट्याब्स, आइडियाथन र ह्याकाथन गरी १५ विधामा विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।

    कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्यहरू, प्राध्यापक, इन्जिनियर तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। समापन समारोहमा प्रतियोगिताका विजेता तथा उपविजेतालाई वृज एडिटिभ्स् प्रा.लि.का सहायक महाप्रबन्धक रविन्द्र उपाध्याय र परियोजना प्रबन्धक प्रशान्त पोखरेलले ट्रफी प्रदान गरेका थिए । यसले कम्पनीको इन्जिनियरिङ समुदायसँगको सहकार्य र प्राविधिक विकासप्रतिको प्रतिबद्धता झल्काउँछ ।

    सन् २०२२ मा स्थापना भएको वृज एडिटिभ्स् प्रा.लि. केडिया अर्गनाइजेसनको निर्माण रसायन क्षेत्रतर्फको रणनीतिक पहल हो । कम्पनी कंक्रिट एडमिक्स्चर, टाइल एडहेसिभ तथा वाटरप्रूफिङ समाधानमा केन्द्रित रहँदै आएको छ। ISO 9001:2015 प्रमाणित उद्योगका रूपमा कम्पनीले आधुनिक प्रविधिबाट गुणस्तरीय उत्पादन गर्दै आएको जनाएको छ ।

    प्रदर्शनीमा वृज एडिटिभ्स्ले रेडी–मिक्स कंक्रिट (RMC), जलविद्युत आयोजना, पूर्वाधार तथा ठूला आवासीय–व्यावसायिक परियोजनामा प्रयोग हुने उन्नत कंक्रिट एडमिक्स्चर समाधानहरू प्रस्तुत गरेको थियो । यसअन्तर्गत Silkon Flowmix PC Series (PC 100, PC 350, PC 450, PC 550) ले कंक्रिटको वर्केबिलिटी सुधार, पानी–सिमेन्ट अनुपात घटाउने तथा प्रारम्भिक र दीर्घकालीन मजबुती वृद्धि गर्ने क्षमता राख्छ। त्यसैगरी Ultraset 100 (Accelerator) छिटो सेट हुने तथा समय–संवेदनशील परियोजनाका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

    कंक्रिट एडमिक्स्चरका अतिरिक्त कम्पनीले टाइल एडहेसिभ र वाटरप्रूफिङ समाधानहरू पनि प्रदर्शनीमा प्रस्तुत गरेको थियो । Tile Adhesive Series (FT, WT, AT, Ultra White Adhesive, Epoxy तथा Grout) सिरेमिक, भिट्रिफाइड, मार्बल, ग्रेनाइट तथा ठूला फर्म्याटका टाइलहरूका लागि उपयुक्त रहेको बताइएको छ ।


    Weather Pro+ 250, Superlatex र Cem-Shield जस्ता वाटरप्रूफिङ समाधानहरूले भवन तथा संरचनालाई चुहावट, सिपेज र ओसिलोपनबाट जोगाउन सहयोग पुर्‍याउने कम्पनीको दाबी छ ।

    वृज एडिटिभ्स् प्रा.लि.को दैनिक उत्पादन क्षमता ८० मेट्रिक टन रहेको छ । कम्पनीले कडा गुणस्तर नियन्त्रण, आधुनिक उत्पादन प्रक्रिया तथा निरन्तर अनुसन्धान तथा विकास (R&D) लाई प्राथमिकतामा राख्दै स्थिर गुणस्तर, व्यवहारिक समाधान, नवप्रवर्तन र दिगो निर्माण अभ्यासप्रति प्रतिबद्धता जनाउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्