२३ माघ, २०८२काठमाडौं । नबिल इन्भेष्टमेन्टले १५ औ वर्षको उत्कृष्ट सेवा प्रदान गर्दै आज १६औँ वर्षमा प्रवेश गरेका छ । यस अवसरमा आज माघ २३, २०८२ का दिन यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नक्साल, नारयणचौरको प्रांगणमा रक्तदान कार्यक्रम संचालन गरिरहेको छ । मिति २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।
स्थापनादेखि हालसम्म नाबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले व्यावसायिकता, सुशासन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवाका माध्यमबाट संस्थागत विश्वास निर्माण गर्न सफल भएको छ । बदलिँदो वित्तीय परिवेशमा आफूलाई निरन्तर परिमार्जन गर्दै संस्थाले दीर्घकालीन योगदान सिर्जना गर्ने लक्ष्यका साथ विभिन्न लगानी तथा परामर्श सेवाहरू प्रदान गर्दै आएको छ ।
नबिल इन्भेष्टमेन्टले मर्चेन्ट बैंकिङ्ग अन्तर्गत निष्काशन तथा बिक्री प्रबन्धन सेवा, डिपी सेवा, शेयर रजिष्ट्रार सेवा, शेयर प्रत्याभूति सेवा लगाएतका सेवाहरु प्रदान गर्दै आइरहेका छ भने ईन्भेष्टमेण्ट बैंकिङ्ग अन्तर्गत लगानी व्यवस्थापन सेवा, सामूहिक लगानी कोष अन्तर्गतका सेवा र संस्थागत परामर्श सेवा जस्ता उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
यसका अलावा यस संस्थाका ग्राहकहरुका लागि संस्थागत परामर्श सेवा अन्तर्गत संगठित संस्थाको संरचना हेरफेर, मुल्याङ्कन, व्यवसायिक योजना, लोन सिन्डिकेशन , सम्पत्ति व्यवस्थापन, मर्जर तथा एक्युजिसन तथा लगानी सम्बन्धि परामर्श सम्बन्धि सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ । त्यस्तै निकट भविष्यमा विशिष्टिकृत लगानी कोष अन्तर्गत प्राईभेट ईक्विटी फण्ड संचालनको तयारीमा रहेको जनाएको छ ।
१५औं वर्षको यस उपलब्धिलाई संस्थागत गौरवको रूपमा मनाउँदै, नाबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले आगामी दिनहरूमा पनि नवीनतम सोच, सुदृढ जोखिम व्यवस्थापन, प्रबिधीमैत्री र दिगो लगानी अभ्यास मार्फत नेपाली पूँजी बजारको विकासमा थप योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

