News Portal

  • आइएमई लाइफको नाफा २७ करोड रुपैयाँ, ३०.७१ प्रतिशत बढ्यो दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२२ माघ, २०८२
    ९ पटक
    २२ माघ, २०८२

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १ प्रतिशत बढेर २७ करोड ६ लाख ५८ हजार रुपैयाँ गरेको छ । गत आवको दोस्रो त्रैमसमा कम्पनीले २६ करोड ७८ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    चालु आवको दोस्रो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क ३६.४५ प्रतिशत बढेर ३ अर्ब १९ करोड २० लाख ९७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३३ करोड ९३ लाख ८८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३०.७१ प्रतिशत बढेर २ अर्ब ९४ करोड १३ लाख ९९ हजार रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले २ अर्ब २५ करोड ३ लाख २० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    चालु आवको ६ महिनामा कम्पनीको कुल आम्दानी २७.५९ प्रतिशत बढेर ४ अर्ब १ करोड ४५ लाख ८० हजार रुपैयाँ र कुल खर्च ३० प्रतिशत बढेर ३ अर्ब ७४ करोड ३९ लाख २२ हजार रुपैयाँ गरेको छ । गत वर्षको ६ महिनामा कम्पनीले ३ अर्ब १४ करोड ६५ लाख ६४ हजार रुपैयाँ कुल आम्दानी गरेर २ अर्ब ८७ करोड ८७ लाख १ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।

    ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा ५२ करोड ३८ लाख १६ हजार रुपैयाँ, महाविपत्ति कोषमा २८ करोड ९८ लाख ६९ हजार रुपैयाँ, सञ्चिति नाफा ४३ करोड ४२ लाख ८७ हजार रुपैयाँ र अन्य इक्विटी २१ करोड ९९ हजार रुपैयाँ रहेको छ ।

    नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.११ रुपैयाँ बढेर १०.८३ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १२९.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४१.११ गुणा छ ।

    प्रतिकृया दिनुहोस्