News Portal

  • प्रभु महालक्ष्मी लाइफले शेयरधनीलाई वितरण गर्यो नगद लाभांश

    आर्थीकसंसार संवाददाता१३ माघ, २०८२
    ९ पटक
    १३ माघ, २०८२

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नगद लाभांश वितरण गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न ९ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को लागि पारित ४ प्रतिशत बोनश शेयर तथा ४.४२१ प्रतिशत नगद लाभांश (बोनश सेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत) मध्ये ४.४२१ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको हो ।

    शेयरधनीको आफ्नो हितग्राही खातामा बैंक वित्तीय संस्थाको खाता नं पुस १ गते सम्म अद्यावधिक गर्ने शेयरधनीहरुको हकमा, निजको बैंक खाताको नाम तथा बैंक खाता नम्बर हुबहू मिलेको हकमा पुस ३० गतेदेखि आईपिएस मार्फत लाभांश जम्मा गरिरहेको जनाएको छ ।

    हालसम्म पनि हितग्राही खाता नखोलेको वा हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगरेको भएमा नगद लाभांश यथाशीघ्र आफ्नो बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । सो हितग्राही खातामा बैंक खाता नम्बर निज शेयरधनी स्वयंमकै नामको हुनुपर्ने तथा सो खाता नेपाल क्लियरिङ्ग हाउस लिमिटेड अन्तर्गत सदस्यता प्राप्त बैंक वा वित्तीय संस्थाको हुनुपर्नेछ । साथै, बैंक खातामा निजको नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक नै हुनुपर्ने जनाएको छ ।

    साथै, उक्त शेयर पुस २१ गते सम्म धितोबन्धक राखी कर्जा लिएको शेयरधनीहरुको हकमा सम्बन्धित बैंक र वित्तिय संस्थाबाट No objection letter / Loan Settlement Letter प्राप्त भए पश्चात् मात्र बैंक खातामा जम्मा गरिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्