News Portal

  • हिमालयन लाइफलाई ग्राहकको पहिलो रोजाईको कम्पनी बनाउँछौं: सीईओ दाहाल

    आर्थीकसंसार संवाददाता१३ माघ, २०८२
    १० पटक
    १३ माघ, २०८२

    काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहालले हिमालयनलाई ग्राहकको पहिलो रोजाईको कम्पनी बनाउने गरी काम भइरहेको बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले त्यस्तो बताएका हुन ।

    एमडीआरटी सम्मान २०२६ समारोहलाई विशेष अतिथिको रुपमा सम्बोधन गर्दै सीईओ दाहालले बीमितको हितलाई पहिलो प्राथिकतामा राखेर काम गरिरहेको बताए । प्रोडक्टको बोनस बढाउन, कस्तो प्रोडक्टले ग्राहकको आवश्यकता पूरा हुन्छ भनेर अध्ययन गरिरहेका छौं, उनले भने,यो विषयमा बोर्ड र व्यवस्थापनका उच्च पदाधिकारीसँग छलफल भइरहेको छ ।

    कम्पनीले प्रवाह गर्ने सेवालाई चुस्त, पारदर्शी र सहज बनाउन कर्मचारीलाई प्रोत्साहन, समन्वय र सहकार्य गरिरहेको समेत दाहालले बताए । उनले कम्पनीलाई सबल र बजारमा प्रतिष्पर्धी बनाउनका लागि १० बुँदे कार्य योजना बनाएर काम गरिरहेको बताए ।

    कम्पनीको मेरुदण्डको रुपमा रहेको अभिकर्ताहरुको पेशागत सुरक्षा र प्रोत्साहनका लागि लोयल्टी बोनस उपलब्ध गराउने विषयमा छलफल भइरहेको उनको भनाई छ ।

    दाहालका अनुसार कम्पनीलाई बलियो बनाउन खर्च कटौती र नियन्त्रण गर्ने रणनीति लिईएको छ । कार्यक्रमका अतिथि पेशागत अभिकर्ता संघ हिमालयन लाईफका अध्यक्ष रेशम गौतमले बीमितको हित प्रवर्धन गर्न कम्पनी उत्कृष्ट हुन आवश्यक रहेको बताउँदै त्यसका लागि देशभर रहेका अभिकर्ताहरु एकताबद्ध भएर अगाडि बढेको बताए ।

    कम्पनीले पछिल्लो समय अगाडि बढाएका कार्यक्रमहरूको प्रशंसा गर्दै गौतमले अभिकर्ताहरू सदैव बीमितको हितलाई मध्यनजर राख्ने भएकाले सो अनुरूप काम गर्न कम्पनीलाई आग्रह गरे । उनले कम्पनी र अभिकर्ता बीचको समन्वय थप आवश्यक रहेको बताए ।

    कम्पनीका सञ्चालक सदस्य सचिन आचार्यले अभिकर्ताहरुलाई फाइनान्सियल एडभाइजरको संज्ञा दिँदै उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । कम्पनीले बीमित, अभिकर्ता र कर्मचारीको हितलाई प्राथमिकतामा राखेको संचालक आचार्यले बताए ।

    हिमालयन लाइफले माघ १० देखि १२ गतेसम्म चितवनको सोल्टी वेष्टण्ड रिसोर्टमा एमडीआरटी सम्मान २०२६ आयोजना गरे ।

    प्रतिकृया दिनुहोस्