News Portal

  • नेपाल पुनर्बीमा कम्पनीको साप्ताहिक फ्लोरसिट

    आर्थीकसंसार संवाददाता३ माघ, २०७७
    ७८५ पटक
    ३ माघ, २०७७

    काठमाडौं । यो साता नेपाल स्टक एकस्चेन्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनीको कारोबार कुनै ब्रोकर कम्पनीबाट खासै आक्रमक खरिद र बिक्री भएको देखिएको छैन । नेप्सेमा यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयर ० दशमलव २६ प्रतिशतले मात्र बढेको छ । गत साता १५४७ रुपैयाँ प्रति कित्ता कम्पनीको बजार मूल्यमा बन्द भएको कम्पनीको शेयर यो साता १५५१ मा बन्द भएको छ ।
    यो साताको फ्लोरसिट हेर्दा नेपाल पुनर्बीमा कम्पनीको ४८ नम्बर ब्रोकरबाट सर्वाधिक खरिद भएको छ भने ब्रोकर नम्बर ५५ बाट सर्वाधिक बिक्री भएको छ । यो साता कम्पनीको ४८ ब्रोकरबाट ७ करोड ४५ लाख ४२ हजार ९ सय ९३ रुपैयाँको शेयर खरिद भएको छ ।
    त्यस्तै, २८ नम्बर ब्रोकरबाट ६ करोड ४७ लाख ७८ हजार ६ सय ३४ रुपैयाँ, ३२ नम्बर ब्रोकरबाट ४ करोड १ लाख २९ हजार ८ सय ५९ रुपैयाँ र ५७ नम्बर ब्रोकरबाट २ करोड ७१ लाख ५८ हजार ९९ रुपैयाँको कारोबार भएको छ ।
    त्यसैगरी, यो साता ५५ ब्रोकरबाट सर्वाधिक ६ करोड ६९ लाख १० हजार ४ सय ४७ रुपैयाँको शेयर बिक्री भएको छ । त्यस्तै, ३८ नम्बर बोक्ररबाट ३ करोड ९० लाख ९७ हजार ८ सय ६१, ४२ नम्बर बोक्ररबाट ३ करोड ४९ लाख ७६ हजार १ सय ४९, २५ नम्बर ब्रोकरबाट ३ करोड ४१ लाख ३० हजार ३ सय ४० रुपैयाँ, र २९ नम्बर ब्रोकरबाट २ करोड ६४ लाख ९५ हजार ४ सय ४५ रुपैयाँको शेयर बिक्री भएको छ ।

    प्रतिकृया दिनुहोस्