News Portal

  • सूर्यज्योति लाइफका बीमित र अभिकर्तालाई एनआईसी एशिया बैंकको लाइफटाइम फ्री क्रेडिट कार्ड सुविधा

    आर्थीकसंसार संवाददाता९ माघ, २०८२
    १४ पटक
    ९ माघ, २०८२

    काठमाडौं । एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ ।

    सम्झौताअनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड दिने छ ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्य र सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    यस सहकार्यबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क नतिरेको क्रेडिट कार्ड पाउने अवसर प्राप्त गर्दै आकस्मिक वित्तीय आवश्यकताहरू व्यवस्थापन गर्न सक्नेछन् । साथै डिजिटल भुक्तानी सेवा प्रयोग गर्न सजिलो हुने बैंकले बताएको छ ।

    एनआईसी एशिया बैंकका अनुसार ग्राहकहरूलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सूर्यज्योति लाइफसँग गरेको सहकार्यले बीमित र अभिकर्ताहरूलाई डिजिटल अर्थतन्त्रमा सहज पहुँच दिलाउनेछ।

    प्रतिकृया दिनुहोस्