३० पुस, २०८२काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको दशौं वार्षिक साधारणसभा वनेपा पाटी भेन्यूमा सफलता पूर्वक सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिवाट पेश भएको आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण सहित वार्षिक प्रतिवेदन सर्वसहमती बाट पारित गरेको छ ।
त्यसैगरी सभामा विभिन्न शेयरधनिहरुबाट आएको जिज्ञासा,सल्लाह, सुझाव बारेमा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र संचालक समितिका अध्यक्ष बिनोद ज्ञवालीले प्रष्ट पारेका थिए । सञ्चालक समितिको तर्फबाट उपस्थित सबैलाई स्वागत मन्तव्य सञ्चालक समितिको सदस्य पुष्पराज ढकालले गरेका थिए भने संचालक सन्तोष पोख्रेलले वार्षिक प्रतिवेदन माथि प्रष्टिकरण गरेका थिए ।
संस्थाले आधुनिक प्रविधि मैत्री सेवा तथा ग्राहक सदस्यहरुमा उद्यमशिलता विकासका साथै वित्तीय साक्षरतामा विशेष जोड दिइ कार्यक्रम सञ्चालन गर्न अध्यक्ष विनोद ज्ञवाली निर्देशन दिए ।
सभामा संस्थापक शेयरधनी डा.बालकृष्ण चापागाईले शुभकामना मन्तव्य दिंदै संस्थाले पिछडिएर रहेका वर्गहरुलाई विनाधितोमा सामुहिक जमानीमा कर्जा लगानी गरी स्वरोजगार श्रृजना गरी आयआर्जन वृद्धि गराई दिगो वचत परिचालन र चेतना अभिबृद्धि गरी गरिवी निवारणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी सेवा उपलब्ध गराउन सुझाव दिए ।
साथै सभाले संस्थापक समुहको स्वामित्वमा रहेको शेयर एकपटकमा बढिमा १० प्रतिशत् सम्म सर्वसाधारण शेयरमा परिणत गर्न सर्वसहमतीले स्विकृत गरेको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रदेश, ५७ जिल्लाहरुमा १४० शाखा कार्यालयहरु सञ्जाल मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।


