News Portal

  • नेपाल इन्स्योरेन्सको ७७औं वार्षिक साधारण सभा

    आर्थीकसंसार संवाददाता२९ पुस, २०८२
    २५६ पटक
    २९ पुस, २०८२

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षतामा आज मंगलबारका दिन त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको हो ।

    सभाले आ.व.२०८१/८२ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरुलाई पारित गरेको छ । कम्पनीले आ.व.२०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पूँजी रु.२५४ करोडको ६.३१५८ प्रतिशतका दरले हुने रु.१६ करोड बराबरको नगद लाभांश कर सहित वितरण गर्ने प्रस्तावलाई सर्बसम्मतीले पारित गरेको छ ।

    साथै, आ.व.२०८२/८३ को लागी लेखापरीक्षक कृपा श्रेष्ठ एन्ड एशोसियटलाई साधारण सभाले पुनः नियुक्त गरेको छ ।

    नेपाल सरकारको स्वामित्वमा वि.स. १९९४ सालमा स्थापित नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको सहभागितामा स्थापित यस कम्पनीले बिगत ७८ वर्ष देखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आफ्नो छुट्टै सुनौलो पहिचान, शाख र प्रतिष्ठा कायम राख्दै विश्वासीलो र भरपर्दो कम्पनीको रुपमा प्रधान कार्यालय सहित देशका विभिन्न क्षेत्रहरुमा ५४ वटा प्रदेश/शाखा/उपशाखा कार्यालयहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्