News Portal

  • गरिमा विकास बैंकको १४औं वार्षिक साधारणसभा माघ ३० गते हुने

    आर्थीकसंसार संवाददाता२ माघ, २०७७
    ५०४ पटक
    २ माघ, २०७७

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १४औं वार्षिक साधारणसभा माघ ३० गते बोलाएको छ । कम्पनी सञ्चालक समितिको गत पुस २९ गते बसेको बैंठकले होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
    सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हालको चुक्ता पुँजीको १३ दशमलव ५ प्रतिशत बोनस शेयर र ० दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
    सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव विवरण र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।
    सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिसम्बन्धी सहमतिपत्र तयार गरी हस्ताक्षर गर्न र त्यससँगसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गर्नेछ । साधारणसभा प्रयोजनको लागि बैंकले माघ १२ गतेदेखि ३० गतेसम्म शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गरिनेछ । त्यसैले माघ ११ गतेम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश लिन पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्