२६ पुस, २०८२काठमाडौं । पाँचतारे स्तरको होटल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ताले हुन आउने ४० करोड रकम बराबरको आईपीओ जारी गर्ने भएको हो ।
उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । उक्त सेयर निष्काशनका लागि होटल गरिमा लिमिटेडको तर्फवाट प्रबन्ध संचालक बिनोद पौडेल तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे ।
होटल गरिमा लिमिटेडको यो कदमले विकास, कम्पनीको पारदर्शिताका साथै नेपालको आतिथ्य उद्योग तथा पर्यटन विकास, विशेष गरी कोशी प्रदेशमा लगानी अवसरको विस्तारमा प्रतिबद्धता प्रतिबिम्बित गर्दछ ।
सोल्टी होटल एण्ड रिसोट समूहबाट ब्यवस्थापन गरिएको यस होटलमा एउटा रोयल सुइट, आठ वटा सुइट, आठवटा एक्जेक्युटिभ रुम, ५८ वटा डिलक्स रुम छन् भने ७ वटा स्टुडियो रुम छन । होटलमा दुई व्यांकेट, तीनवटा सेमिनार हल, ’नुवाड थाई’ ब्रान्डबाट व्यवस्थापन गरिएको स्पा, जिम तथा रेष्टुरेण्ट क्याफे लाउन्ज लगायत विभिन्न सुविधा छन् ।


