आर्थीकसंसार संवाददाता२१ पुस, २०८२
२१ पुस, २०८२काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र ईसेवाको आयोजनामा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका १०० जना भन्दा बढी सदस्यहरुलाई वीरगञ्ज, पर्सामा वित्तीय तथा डिजिटल साक्षरता र ईसेवा मार्फत इएमआई भुक्तानी सम्बन्धी एकदिने तालिम आयोजना गरिएको छ ।
उक्त तालिमको उद्देश्य सदस्यहरुमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु, सुरक्षित र भरपर्दो डिजिटल कारोवार प्रवर्द्धन गर्नु तथा ईसेवा मार्फत सहज रुपमा इएमआई भुक्तानी गर्न सदस्यहरुलाई प्रोत्साहन गर्नु थियो । साथै, समयमै इएमआई भुक्तानी गर्ने बानीको विकास गर्दै डिजिटल वित्तीय सेवाको प्रयोग मार्फत वित्तीय अनुशासनलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो ।


