News Portal

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग

    आर्थीकसंसार संवाददाता२१ पुस, २०८२
    १९ पटक
    २१ पुस, २०८२

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको हो ।

    उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

    भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान पुर्याएकोप्रति अर्थमन्त्री खनालले नेपाल सरकारको तर्फबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    अर्थ मन्त्रालयका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको योगदानसहित हालसम्म सो कोषमा १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्