News Portal

  • मञ्जुश्री फाइनान्सको अध्यक्षमा घिमिरे चयन

    आर्थीकसंसार संवाददाता२ माघ, २०७७
    ५७० पटक
    २ माघ, २०७७

    काठमाडौं । मञ्जुश्री फाइनान्सको प्रस्तावित २३.५ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको १३औंं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    सभाले प्रस्तावित ५.५ प्रतिशत नगद र १८ प्रतिशत बोनस सेयर गरी कूल २३.५ प्रतिशत लाभांश पारित गरेको हो । बोनस सेयर बाँडफाँडपश्चात संस्थाको चुक्ता पुँजी ९६ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
    सभाले संस्थापक समूहका सेयरधनीहरुका तर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविनराज देवकोटा र सर्वसाधारण सेयरधनीकोतर्फबाट दिलमान सिंह चन्द निर्विरोध निर्वाचित गरेको छ । यससँगै सभापश्चात बसेको सञ्चालक समितिको बैठकले इन्दिरा पन्डित घिमिरेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ ।
    राष्ट्रिय स्तरको संस्थाले हालसम्म ९ अर्ब रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको संस्थाले न्युरोड काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा वीरगञ्ज शाखाबाट कारोबार गरिरहेको छ । यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाहलगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स, मोवाइल बैंकिङ्ग, एटीएम कार्डलगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलब्ध गराउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्