News Portal

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता११ पुस, २०८२
    १४९ पटक
    ११ पुस, २०८२

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

    कम्पनी सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले नगद लाभांशका लागि कुल २० करोड १२ हजार ५९२ रुपैयाँ छुट्याएको छ।

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी ३२ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्