काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न गरेकोे भएको छ । कम्पनीको पौष २७ गते आम्रापाली ब्याङक्वेट क्याटरिङ्ग एण्ड इभेन्ट, भाटभटेनी, कठमाडौंमा सम्पन्न साधारण सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरी शेयरधनी रचना अधिकारीलाई सञ्चालक पदमा नियुक्त गरेको छ ।
कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको २०७७ आसाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७६/०७७ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।
उक्त साधारण सभाले आ.व. २०७७/०७८ मा लेखा परिक्षण कार्य गर्नका लागि बि.आर.पाण्डे एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।
साथै सभाले अध्यक्ष तथा संचालकहरुलाई प्रति बैंठक रु. ५ हजार भत्ता समेत उपलब्ध गराउने प्रस्तावसमेत पारित गरेको छ ।
माउन्टेजइनर्जीको सातौं वार्षिक साधारण सभा सम्पन्न, एक जना सञ्चालकनियुक्त
आर्थीकसंसार संवाददाता१ माघ, २०७७
१ माघ, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?