News Portal

  • मर्जरपछि ग्रामीण विकास लघुवित्तको शेयर भोलिबाट कारोबारमा आउने

    आर्थीकसंसार संवाददाता७ पुस, २०८२
    १९८ पटक
    ७ पुस, २०८२

    काठमाडौं । मर्जरपछि ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयर भोलि मंगलबारबाट कारोबारमा आउने भएको छ।

    ग्रामीण विकास लघुवित्त र समाज लघुवित्तबीच मर्जर प्रक्रिया सकिएपछि कायम भएको साधारण शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। योसँगै नेप्सेले मर्जर प्रयोजनका लागि रोक्का राखेको शेयर कारोबार फुकुवा गरेको छ। अब भोलिपल्टबाट संस्थाको शेयर कारोबारमा आउँछ।

    ग्रामीण विकास र समाज लघुवित्त १ः१ शेयर स्वाप रेसियोमा एक–आपसमा मर्ज भएका हुन्। मर्जरपछि संस्थाको नाम ग्रामीण विकास लघुवित्त नै राखिएको हो। मर्जरपछि संस्थाको १ करोड ५३ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ।

    मर्जरपछिको पहिलो कारोबारका लागि नेप्सेले ग्रामीण विकासलाई प्रतिकित्ता ८०४.९१ रुपैयाँ निर्धारण गरेको छ। भोलि यही मूल्यबाट यो संस्थाको शेयर कारोबारमा आउनेछ।

    प्रतिकृया दिनुहोस्