Skip

News Portal

  • शिखर इन्स्योरेन्सले डाक्यो साधारणसभा, यस्ता छन् अजेन्डा

    आर्थीकसंसार संवाददाता६ पुस, २०८२
    ३८९ पटक
    ६ पुस, २०८२

    काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ।

    कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको थापाथलीस्थित शिखर बिज सेन्टरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ६.३१५८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश छन्।

    सभाले कम्पनीको नियमावली र प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले सर्वसाधारण समूहबाट २ जनाको सञ्चालकको निर्वाचन गर्नेछ। सभाले सर्वसाधारण समूहबाट दिनेश ब्रज बज्राचार्यको सञ्चालकबाट राजीनामापछि आश्मांक कार्कीलाई आगामी साधारणसभाबाट सञ्चालकमा नियुक्ति गर्नेबारे सञ्चालक समितिको निर्णयलाई अनुमोदन गर्नेछ।

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

    लाभांश र सभा प्रयोजनार्थ कम्पनीले यही पुस १४ गतेदेखि साधारणसभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    प्रतिकृया दिनुहोस्