News Portal

  • युनाइटेड फाइनान्सको २६औं वार्षिक साधारण सम्पन्न

    आर्थीकसंसार संवाददाता१ माघ, २०७७
    ९२६ पटक
    १ माघ, २०७७

    काठमाडौं । युनाइटेड फाइनान्सको २६औं वार्षिक साधारण सम्पन्न भएको छ । फाइनान्सको सभाकक्ष दरबारमार्ग काठमाडौंमा जुममार्फत भिडियो कन्फरेन्सिङद्वारा साधारणसभा सम्पन्न गरिएको बताएको छ ।
    संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अजयकुमार मिश्रका अनुसार उक्त साधारणसभामा संस्थाको चुक्ता पुँजीको करिब ८१ प्रतिशत प्रतिनिधित्व हुने गरी शेयरधनीहरुको प्रोक्शीमार्फत, भौतिक तथा भर्चुअल उपस्थिति थियो ।
    उक्त साधारणसभाले आब २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको आव २०७६/७७ को वार्षिक वित्तीय विवरणहरु पारित भएको छ ।
    संस्थाको सञ्चालक समितिका अध्यक्ष बसन्तकुमार चौधरीले जुममार्फत नै अध्यक्षता गरेको कार्यक्रममा सञ्चालकहरु विष्णुकुमार अग्रवाल, बेनीगोपाल मुन्दडा, मनिष खेमका, केआर बिजिमोन, रोशन अधिकारी, मतिप्रभा पाण्डेका साथै प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रलगायत कम्पनीका उच्चपदस्थ अधिकारीहरु, लेखापरीक्षकहरु, कानुनी सल्लाहकार एवम नियमनकारी निकायको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्