काठमाडौं । नेपालको इतिहासकै ठूलो आईपीओ भोलि (माघ) २ गतेदेखि खुल्ने भएको छ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडले भोलिदेखि कूल ८ अर्ब रुपैयाँ रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर निष्काशन गर्ने छ । जसमध्ये ०.२ प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको छ ।
सो सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने छ । यससँगै इच्छुक सर्वसाधारणले छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिन पाउने छन् ।
नेपाल धितोपत्र बोर्डले गत पुस १० गते मात्रै बैंकलाई सो मात्राको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलो कम्पनी हो ।
सबैभन्दा ठूलो आकारको आईपीओ भएकाले यो कम्पनीमा लगानी गर्ने सबैले बैंकको सेयर हात पार्ने अधिक सम्भावना रहेको छ । आईपीओमा धेरै आवेदन पर्दा पनि प्रतिआवेदक ७० कित्तासम्म सेयर पाइने सम्भावना देखिएको एक अध्ययनले बताएको छ । त्यसैले, यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम ७० कित्तादेखि १०० कित्तासम्मका लागि आवेदन दिँदा उचित हुने जानकारहरु बताउँछन् ।
सेयर निष्काशन गर्न इक्रा नेपालले मोडेरेट क्रेडिट रिक्स जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी ग्रेडिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम श्रेणीको सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा लिइन्छ ।
इतिहासकै ठूलो नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ भोलिदेखि खुल्ने
आर्थीकसंसार संवाददाता१ माघ, २०७७
१ माघ, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?