News Portal

  • नेपाल बैंकको १६ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता१ माघ, २०७७
    ५१४ पटक
    १ माघ, २०७७

    काठमाडौं । नेपाल बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न बैंकको ६१औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरि कूल १६ प्रतिशत लाभांश पाउने भएका छन् ।
    यस्तै, सभाले बोनस सेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजीमा बृद्धि गरी १२ अर्ब ६३ करोड रूपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको छ । साथै, साधारण सभामा तय भएको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रक्रियामार्फत सम्पन्न भएको छ । जसमा विवेक शमशेर जबरा, विष्णुकुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका हुन् ।
    बैंकको ६१औं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्