News Portal

  • रिलायबल नेपाल लाइफको सहायक कम्पनीले पायो बिक्री प्रबन्धक र परामर्श सेवा कार्य गर्ने अनुमति

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०८२
    २०२ पटक
    २३ मंसिर, २०८२

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले धितोपत्र बिक्री प्रबन्धक र परामर्श सेवा कार्य गर्ने अनुमति पाएको छ।

    रिलायबल नेपाल लाइफको सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक, शेयर रजिस्ट्रेसन र संस्थागत परामर्श सेवासम्बन्धी कार्य गर्ने अनुमति प्राप्त गरेको हो। कम्पनीले यसअधि धितोपत्र प्रत्यभूति, लगानी व्यवस्थापनसम्बन्धी कार्यहरु गर्दै आएको थियो।

    बीमा क्षेत्रबाट पहिलो सामुहिक लगानी कोष ‘रिलायवल सामूहिक लगानी कोष’अन्तर्गत रिलायवल समृद्धि योजना नामको पहिलो सामूहिक लगानी योजना सञ्चालन गरिरहेको छ।

    थप इजाजतपत्रले कम्पनीले आगामी दिनमा मर्चेन्ट बैंकिङ क्षेत्रमा थप गुणस्तरीय सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्