News Portal

  • आइएमई लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरुलाई सम्मान

    आर्थीकसंसार संवाददाता२८ पौष, २०७७
    ८५३ पटक
    २८ पौष, २०७७

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले आव २०७६/७७ मा बाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यकाका शाखा तथा उपशाखा कार्यालयहरुमा आवद्ध रहि उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु तथा बाग्मती प्रदेशबाट एमडिआर्टि २०२१ मा योग्य हुन सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
    सो कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले गरेका हुन् । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयाँलले अभिकर्ताहरुको वृत्ति विकासका निमित्त विविध सीपमुलक तालिमहरु प्रदान गरिँदै लैजाने प्रतिबद्धता गरे । उक्त कार्यक्रममा तीन सयभन्दा बढी आईएमई लिडरहरुको उपस्थिति रहेको थियो । उपत्यकाका प्रत्येक शाखा तथा उपशाखाबाट टिम व्यवसायको आधारमा प्रथम, द्वित्तीय र तृतीय तथा आफ्नो अभिकर्ता कोडबाट प्रथम, द्वित्तीय र तृतीय भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
    उपत्यकाबाट एमडिआर्टि २०२१ मा योग्य हुन सफल अभिकर्ताहरुलाई आईएमई लाइफकी ब्राण्ड एम्वेसेडर मनिषा कोइरालाद्वारा सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्