News Portal

  • एमएसआर बहुउदेश्यिय सहकारीको विशेष साधारणसभा सम्पन्न

    नयाँ कार्य समिति चयन

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०८२
    ६७ पटक
    १६ मंसिर, २०८२

    काठमाडौ । ललितपुरको ढोलाहिटीमा प्रधान कार्यालय रहेको एमएसआर बहुउदेश्यिय सहकारी संस्थाले विशेष साधारणसभा सम्पन्न गरेको छ । सहकारीले आज मंगलबार आफ्नो प्रधान कार्यालयमा शेयरधनी सदस्यहरुको भब्य उपस्थितिमा विशेष साधारणसभा सम्पन्न गरेको हो । सभाले सञ्चालक समितिबाट प्रस्तुत प्रतिबेदन पारित गर्दै नयाँ कार्य समिति चयन गरेको छ । सभाले अध्यक्ष शम्भुराम जोशीलाई बर्खास्त गर्दै नयाँ अध्यक्षमा महिला नेतृत्व चयन गरेको हो ।


    सयौंको उपस्थितिमा सम्पन्न भएको विशेष साधारण सभामा तत्कालिन अध्यक्ष शम्भुराम जोशीले आर्थिक अनियमितता गरेको र सो कारण उनलाई बर्खास्ती गर्नु परेकोबारे सभामा प्रस्तुत प्रतिबेदनमा उल्लेख छ ।
    यद्यपी सभामा बोल्ने क्रममा शम्भुराम जोशीले आफुले कुनै किसिमको अनियमितता नगरेको दाबी भने गरेका थिए । तर उपस्थित शेयर सदस्य महानुभावहरुले जोशीको चर्को आलोचना गरेका थिए । उनकै कारण सहकारीमा बर्षौदेखि समस्या आएको र बचतको अपचलन उनैले गरेको उपस्थित सदस्यहरुले बताएका थिए । सभामा प्रस्तुत प्रतिबेदनमा पनि अध्यक्ष जोशीका तर्फबाट भएको आर्थिक कैफियतबारे उल्लेख गरिएको छ ।
    सभाले अहिले तत्कालिन उपाध्यक्षको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो । सहकारी विभागमा सोको अध्यावधिक भएपछि विवरण सार्वजनिक गर्ने जनाइएको छ । सो सहकारीले अहिले बचतकर्ताहरुको करोडौं बचत रकम एक वर्षयतादेखि फिर्ता गर्न सकेको छैन ।
    झण्डै ४ हजार बचतकर्ता सदस्य रहेको सहकारीको ललितपुर ढोलाहिटीमा केन्द्रिय कार्यालय रहेको छ भने ललितपुरकै सातदोबाटो, चापाउगाउँ, लुभु, संख्खु, गोटिखेलमा लगायत ठाउँहरुमा सेवा केन्दहरुमार्फत कारोबार गर्दै आएको छ । सहकारीमा समस्या सिर्जना भएको दुइ बर्ष यता तलब नपाएपछि सेवा केन्द्रका धेरैजसो कर्मचारीहरुले काम छाडेका छन् ।
    जनताको झण्डै १० करोड बचत रहेको बुझिएको सो सहकारीको आन्तरिक छानबिन समितिको प्रतिबेदन अनुसार ३ करोड भन्दा बढी रकम हिनामिना भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्