News Portal

  • आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न, ५३५ विद्यार्थी दीक्षित

    आर्थीकसंसार संवाददाता१५ मंसिर,, २०८२
    १५५ पटक
    १५ मंसिर,, २०८२

    काठमाडौं । बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयसँग सम्बन्धनप्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ ।

    काठमाडौंस्थित सोाल्टी होटलमा आयोजित उक्त समारोह नेपालका लागि बेलायती उपराजदूत डा. लुक बोमोन्ट, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, सन्डरल्याण्ड विश्वविद्यालयका उच्च अधिकारी तथा अभिभावकहरूको उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न भएको हो ।

    समारोहमार्फत बीबीए, बीएचएम, बीएससी.आईटी (सीएसई) गरी कुल ५३५ जना विद्यार्थी दीक्षित भएका छन् ।

    कार्यक्रममा उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई सन्डरल्याण्ड विश्वविद्यालयले विशेष अवार्ड प्रदान गरेको कलेजले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्