News Portal

  • लक्ष्मी लघुवित्तको १५औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता र रक्तदान कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०८२
    ८ पटक
    १४ मंसिर, २०८२

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार १५औँ वार्षिकोत्सव केन्द्रीय कार्यालय तथा शाखा–उपशाखाहरूमा विविध कार्यक्रमसहित मनाएको छ । संस्था २०६७ साल मंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई औपचारिक रूपमा स्थापना भएको हो ।

    केन्द्रीय कार्यालयमा आयोजित मुख्य समारोहमा सञ्चालक समितिका अध्यक्ष, लक्ष्मी सनराइज बैंकका उच्च व्यवस्थापन टोली, संस्थाका प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू तथा केन्द्रीय कार्यालयका कर्मचारीहरूको उपस्थितिमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको थियो ।

    वार्षिकोत्सवकै अवसरमा बारा जिल्लाको देवताल–रौवाही चोकस्थित शाखा कार्यालयमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । त्यसैगरी, मुख्य शाखा कार्यालयमा १५० जना ग्राहक सदस्यहरूसँग अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो ।

    १५औँ वार्षिकोत्सव अन्तर्गत सञ्चालन भएका सप्ताहव्यापी कार्यक्रम अन्तरगत विभिन्न शाखा कार्यालयहरूले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, बुद्धिजीवी, विद्यालयका विद्यार्थी तथा ग्राहक सदस्यलगायत करीब १८०० भन्दा बढी व्यक्तिहरूको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेका छन् ।

    प्रतिकृया दिनुहोस्