२९ कार्तिक, २०८२काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको नाफा ऋणात्मक रहेको छ भने नाफा बाहेक अधिकांश सूचकमा वृद्धि देखिएको छ ।
कम्पनी पहिलो त्रैमासमा २८ करोड ४८ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी २४ करोड ५१ लाख रुपैयाँ घाटामा रहेको थियो ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ६९ करोड ६१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा रिटेन्ड अर्निङ १९ करोड ४२ लाख रुपैयाँ घाटामा रहेको छ । अन्य इक्विटीमा ७९ करोड १ लाख रहेको छ ।
अघिल्लो वर्ष असार मसान्तसम्ममा स्पेसल रिजर्भमा १ अर्ब ६९ करोड रुपैयाँ थियो । रिटेन्ड अर्निङमा ७ करोड २५ लाख रुपैयाँ थियो । अन्य इक्विटीमा ८० करोड ८३ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ४३ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १६ प्रतिशतले बढेको हो ।
समीक्षा वर्षमा कम्पनीले २८ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ४४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १५ करोड ५८ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १८ करोड ५ लाख रुपैयाँ खर्चिएको थियो ।




