आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०८२
२८ कार्तिक, २०८२काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको निष्क्रिय बीमालेखहरुको पुनर्जागरण (नवीकरण) को जरिवानामा ३५ प्रतिशत छुट प्राप्त गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने घोषणा गरेको थियो । कम्पनीले व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने जनाएको हो ।
यस छुटको लाभ उठाई, बीमाबाट प्राप्त हुने सुरक्षा र सुनिश्चितता कायम राख्न कम्पनीले आग्रह गरेको छ ।




