आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०८२
२६ कार्तिक, २०८२काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार ५१३.७८ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ६४ करोड ६८ लाख ९३ हजार २२७.०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १४.२५ प्रतिशतले हुन आउने ६१ करोड ४५ लाख ४८ हजार ५६५.७१ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ३ करोड २३ लाख ४४ हजार ६६१.३५ रुपैयाँबराबरको नगद लाभांश छन्।




