काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिती हिमालयन लाइफले कोशि प्रदेश कमिटी बिस्तार गरेको छ । संघले विस्तार गरेको कमिटीको अध्यक्षमा रमा पराजुली, उपाध्यक्षमा बद्रि बस्नेत, उपाध्यक्षमा शारदा ढकाल, सचिवमा नवराज बिष्ट, सह सचिवमा सुजु थापा, सह सचिवमा दुर्गा कुमारी पाठक, सह सचिवमा सबिना राई र कोषाध्यक्षमा फुरमाया तामाङ साथै १२ जना सदस्य गरी कुल २१ सदस्यीय कमिटी गठन गरेको हो ।
अभिकर्ताहरु माझ सकारात्मक उर्जा,उत्साह र प्रेरणा जगाउने उद्देश्यले संगठनको निर्णय अनुसार कात्तिक १५ गते देखि बीमा ब्यवसायमा वृद्धि र बीमा पेशाप्रति चासोमा अभिवृद्धि भन्ने मुल नाराका साथ प्रदेश नं १ ,२ र ५ मा साता व्यापी रुपमा सम्बन्धित प्रदेशका अभिकर्ता साथिहरुसंग प्रेरणात्मक भेटघाट , पुनर्जागरण तथा संगठ्न बिस्तार कार्यलाई तिब्र रुपमा अघि बढाएको छ ।
संगठनका जुझारु अनि युवा अध्यक्ष रेशम गौतम, यस कार्यक्रमका संयोजक तथा उपाध्यक्ष अष्ट श्रेष्ठ, सदस्य आषिश लामा सहित
पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रिय उपाध्यक्ष दामोदर गौतम र केन्द्रिय सचिव अ्म्बिका गौतमको अगुवाईमा भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।
संगठनका अध्यक्ष रेशम गौतम लगायत सबै अभियन्ताहरुले यस संगठनले निर्देशित गरेका मुल एजेण्डाहरुलाई आत्मसात गर्दै एकजुट भएर सबैलाई अघि बढ्न अपिल गरे । साथै समग्रमा बीमा व्यसायलाई आम नागरिक माझ लिएर यसको महत्वबारे थप जानकारी गराई धेरै नागरिक लाई बीमामा जोडिन आब्हान गर्ने उद्देश्य रहेको छ ।




२५ कार्तिक, २०८२

