News Portal

  • प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता१२ कार्तिक, २०८२
    ११ पटक
    १२ कार्तिक, २०८२

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी मोहनलाल अग्रवालले आफ्नो नाममा रहेको शेयर विक्रीका लागि कम्पनी समक्ष निवेदन पेश गरेअनुसार कम्पनीले सो शेयर बिक्री गर्न लागेको हो ।

    कम्पनीले १ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । सो शेयरको मूल्य उल्लेख गरेको छैन् । शेयरमा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले कम्पनीले सूचना प्रकाशित भएको आज कात्तिक १२ गतेको मितिले ३५ दिनभित्र संस्थापक शेयरधनीलाई निवेदन पेश गर्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्