आर्थीकसंसार संवाददाता३ कार्तिक, २०८२
३ कार्तिक, २०८२काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालकद्वय बालकृष्ण दाहाल र एमिल प्रधानको राजीनामा स्वीकृत भएको छ ।
कम्पनीको नियमावलीको नियम २७(ख) को व्यवस्था बमोजिम समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गरिरहेका दाहाल र प्रधानले असोज २ गते छुट्टा छुट्टै पत्र मार्फत राजीनामा बुझाएका थिए ।
दाहाल र प्रधानले पेश गरेको राजीनामा कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले जानकारी दिएको छ ।




