आर्थीकसंसार संवाददाता१ कार्तिक, २०८२
१ कार्तिक, २०८२काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ, बीमक हिमालयन लाइफ इन्स्योरेन्स बागमती प्रदेशले सिनियर एजेन्सी म्यानेजर, एमडीआरटी रबीन्द्र तिमल्सिना र सृष्टी बस्नेतको संयोजकत्व, लगानी बागमती प्रदेशका अध्यक्ष चिरन्जीवी गजुरेलको उपस्थितीमा श्री कृष्ण आधारभुत विद्यालय, गोदावरी २ बिष्टछाप ललितपुरलाई हिमालयन लाइफ लोगो अंकित ५० थान स्कुल ब्याग हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो ।
कम्पनीले शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सहित सो सहयोग गरेको हो । वडा अध्यक्ष, स्कुलका शिक्षक शिक्षिका समेतको उपस्थितिका उक्त ब्याग हस्तान्तरण गरेको हो ।




