News Portal

  • सनराइज बैंकका ग्राहकलाई लन्डन पब रेष्टुरेन्टमा विशेष छुट

    आर्थीकसंसार संवाददाता२६ पौष, २०७७
    ६१६ पटक
    २६ पौष, २०७७

    काठमाडौं । सनराइज बैंक र दरबारमार्ग अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै उक्त सम्झौता गरेको हो ।
    सम्झौतापश्चात बैंकका ग्राहकहरुले लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टमा खाना र बेबरेज सुविधाको सनराइज बैंकको क्रेडिट, डेबिट कार्ड र क्युआरको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।
    बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानअनुरुप आफ्ना ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्