News Portal

  • जेनजी आन्दोलनः क्षतिग्रस्त सम्पत्तिको दाबी भुक्तानीका लागि बीमा प्राधिकरणले जारी गर्यो ३ बुँदे निर्देशन

    आर्थीकसंसार संवाददाता१० असोज, २०८२
    १८५ पटक
    १० असोज, २०८२

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सम्पत्तिको दाबी भुक्तानीका सम्बन्धमा ३ बुँदे निर्देशन जारी गरेको छ।

    प्राधिकरणले पुनर्बीमक, निर्जीवन बीमा र लघु निर्जीवन बीमकका नाममा निर्देशन जारी गरेको हो। जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहात, कर छुट, सहुलियत तथा सुविधा प्रदान गर्नेसम्बन्धी मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णय कार्यन्वयनका लागि प्राधिकरणले आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा नोक्सानी भएका बीमा गरिएको भवन, सवारीसाधन, माल, वस्तु तथा यन्त्र–उपकरणलगायतका वस्तुको दाबी भुक्तानीको सम्बन्धमा निर्देशन जारी गरेको हो।

    यस्ता छन् निर्देशन

    • क्षतिग्रस्त सम्पत्तिको तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउने,
    • क्षतिको प्रारम्भिक मूल्यांकन प्रतिवेदनका आधारमा बीमाबापत अनुमानित दायित्वको बढीमा ५० प्रतिशतले हुन आउने रकम अग्रिम रुपमा यथाशीघ्र भुक्तानी गर्ने व्यवस्था गर्ने,
    • बीमकले बीमितलाई दाबी भुक्तानी गर्नका लागि सम्बन्धित पुनर्बीमा कम्पनीसँग रकम माग गरेको अवस्थामा यथाशीघ्र अग्रिम भुक्तानीका रुपमा अनुमानित पुनर्बीमा दायित्वको बढीमा ५० प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था गर्ने।
    प्रतिकृया दिनुहोस्