Skip

News Portal

  • ज्योति क्यापिटलको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता१० असोज, २०८२
    ३० पटक
    १० असोज, २०८२

    काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

    सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

    साथै उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने लाभांश करसहित १ करोड ४७ लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

    ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ ।

    यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ कार्य गर्न अनुमति प्राप्त गरी धितोपत्रको प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, लगायतका सेवा प्रदान गरी आएको छ ।

    प्रतिकृया दिनुहोस्