Skip

News Portal

  • हिमालयन सेक्युरिटिजको पाँचौं वार्षिकसभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता१० असोज, २०८२
    २५ पटक
    १० असोज, २०८२

    काठमाडौं । हिमालयन सेक्युरिटिजको पाँचौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ।

    सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफारनोक्सान, नगद प्रवाह विवरण) उपर गहन छलफल गरी पारित गरेको छ ।

    साथै सभाले सञ्चालक समितिको प्रस्तावबमोजिम चुक्ता पूँजीको ८ प्रतिशत करसहित नगद लाभांश सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको छ ।

    सभाले आगामी आव २०८२/८३ का लागि कम्पनी ऐन, २०६३ को दफा ११ अनुसार एम.बी. श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    सञ्चालक समितिका अध्यक्ष सुशील जोशीले कम्पनीले छोटो अवधिमा हासिल गरेको उपलब्धी र सफलताबारे प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्