Skip

News Portal

  • नेपाल लाइफ इन्भेष्टमेन्टको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१० असोज, २०८२
    ३४ पटक
    १० असोज, २०८२

    काठमाडौं । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिको अध्यक्ष अमितकुमार कयालको अध्यक्षतामा शुक्रबार राजधानीमा सम्पन्न भएको हो ।

    सभामा अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ ।

    त्यसैगरी, आव २०८२/८३ को  लागि लेखापरीक्षक पीएल श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरिएको छ ।

    अध्यक्ष कयालले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीलाई एक उदाहरणीय कम्पनी बनाउन संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, तालिम एवं अनुसन्धान, बैज्ञानिक लगानी विविधिकरण र विश्वव्यापी लगानीको अभ्यासहरुलाई अवलम्बन गरी काम भइरहेको बताए ।

    प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभाष थापाले आव २०८१/८२ को कार्य प्रगतिबारे र आव २०८२/८३ को रणनीतिक योजनाको बारे प्रस्तुतिकरणमार्फत सभालाई जानकारी गराए ।

    सभामा मुख्य कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले प्रथम वार्षिक साधारण सभा समयमा सम्पन्न गर्न सकेकोमा धन्यवाद ज्ञापन गर्दै यो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको पूर्ण स्वामित्वको कम्पनी रहेको जहाँ बीमितहरुबाट संकलित रकम लगानी भएकोले सुरक्षित लगानी गरी राम्रो प्रतिफल लिन गम्भिरतापूर्वक कार्य गर्न व्यवस्थापनलाई आग्रह गरे ।

    मुख्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले मूल लगानीको पूर्ण सुरक्षा गर्दै लगानी गर्दा सही समय, सही स्थान र सही प्रतिफल आउने गरी गर्न र मुख्य कम्पनीको ब्राण्ड ख्यातिलाई कम्पनीको विकासमा प्रयोग गर्न व्यवस्थापनलाई सुझाव दिए ।

    सभाले प्रथम वार्षिक सभासम्मका लागि नियुक्त भएका सञ्चालकहरूलाई धन्यवाद ज्ञापन गर्दै मुख्य कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट सिफारिस भई आएका ४ जना (कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीणरमण पराजुली र अमित कुमार कयाल) लाई सञ्चालक नियुक्तिका लागि अनुमोदन गर्यो

    आजै बसेको सञ्चालक समिति बैठकले कमलेश कुमार अग्रवाललाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ र सबै नवनियुक्त सञ्चालकहरूले पदबहाली गरेका छन् ।

     

    प्रतिकृया दिनुहोस्