News Portal

  • दसैँ, तिहार र छठमा दैनिक ४० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने

    आर्थीकसंसार संवाददाता१० असोज, २०८२
    ६६ पटक
    १० असोज, २०८२

    काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्न सीमा बढाएको छ । भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या)लाई अस्थायी रुपमा वृद्धि गरिएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कामु कार्यकारी निर्देशक शुभाषचन्द्र घिमिरेले जानकारी दिए ।

    उनका अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ । तर, चाडपर्वका अवसरमा एक दिनमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको उनले बताए ।

    उक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउन परिपत्र जारी गरिएको छ ।

    प्रतिकृया दिनुहोस्