News Portal

  • सप्तकोशी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२६ पौष, २०७७
    ७४८ पटक
    २६ पौष, २०७७

    काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंकबीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।
    स्मार्ट च्वाइसको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र सप्तकोशी डेभलपमेण्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
    धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको सप्तकोशी डेभलपमेण्ट बैंकले प्रदेश १ का विभिन्न ७ जिल्लामा आफ्ना शाखा सञ्जालमार्फत सर्वसाधारणलाई विविध बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ ।
    स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडसँगको सहकार्यबाट सप्तकोशी डेभलपमेण्ट बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दाे सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ ।

    प्रतिकृया दिनुहोस्