News Portal

  • धितोपत्र बोर्डको शेयर बजारमा तत्काल सुधार गर्नुपर्ने यस्ता छन् सुझाव

    आर्थीकसंसार संवाददाता९ असोज, २०८२
    ११६ पटक
    ९ असोज, २०८२

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर बजारका लागि तत्काल सुधार गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ।

    सरकारले सेबोनका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित समितिले सरकारलाई सुझाव सरकारलाई दिएको हो। समितिले आज अर्थमन्त्री रामेश्वर खनाललाई प्रतिवेदन पेस गर्दै यस्तो सुझाव दिएको हो।

    प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोपमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा करोड रुपैयाँ हटाउनुपर्ने सुझाव दिइएको छ।

    यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले सूचीकृत संगठित संस्थाको शेयर तथा ऋणपत्रमा १ वर्षभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाउने व्यवस्था खारेज गर्न केसी नेतृत्व समितिले सुझाव दिएको छ।

    शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको २०८२ असोज मसान्तसम्म बुझाउनुपर्ने ब्याज पुस मसान्तसम्म बुझाएमा कुनै पनि थप जरिवाना नलाग्ने व्यवस्था गर्न पनि समितिले सुझाव दिएको छ।

    प्रतिकृया दिनुहोस्