News Portal

  • नेरूडे मिर्मिरे लघुवित्तको अध्यक्षमा राई चयन, ग्रहण गरे सपथ

    आर्थीकसंसार संवाददाता८ असोज, २०८२
    ६१ पटक
    ८ असोज, २०८२

    काठमाडौं । बनेपा नगर पालिका वडा नं ८ केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा संचालक राजकुमार राई चयन भएका छन् । उनले नेपाल राष्ट्र बैंकमा शपथ ग्रहण गरेका छन् ।

    नवनिर्वाचित अध्यक्ष राईले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

    संस्थाको मर्जर पश्चातको स्थायित्व, सुदृढ वित्तीय सेवा विस्तार तथा ग्रामीण समुदायको वित्तीय पहुँच वृद्धिमा राईको अनुभव र नेतृत्वले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास संस्थाले व्यक्त गरेको छ। अध्यक्ष राईको नेतृत्वमा संस्था अझ सुदृढ र प्रभावकारी ढङ्गले अघि बढ्ने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्