News Portal

  • हिमालयन बैंकको नयाँ शाखा दोलखाको चरिकोटमा

    आर्थीकसंसार संवाददाता२६ पौष, २०७७
    ४२२ पटक
    २६ पौष, २०७७

    काठमाडौं । हिमालयन बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा दोलखाको चरिकोटमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले पौष १९ गतेदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
    बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने छ । यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटिएम संख्या १४६ र ४२०० भन्दा बढी पिओएस टर्मिनल संख्या पुगेको छ ।

    प्रतिकृया दिनुहोस्