News Portal

  • साझा यातायातको दशैंमा काठमाडौं-नारायणगढ-काठमाडौं बस सेवा सञ्चालन

    आर्थीकसंसार संवाददाता८ असोज, २०८२
    १५ पटक
    ८ असोज, २०८२

    काठमाडौं । साझा यातायातले दशैंमा काठमाडौं-नारायणगढ-काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने भएको छ । दशैंमा यात्रुहरूको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र चितवनबाट काठमाडौं फर्किने गरी बस सेवा सुरु गरेको हो ।

    काठमाडौं-नारायणगढसम्मको एकतर्फी भाडा ३ सय रुपैयाँ मात्रै तोकिएको साझा यातायातले जनाएको छ ।

    साझा यातायात सहकारी संस्थाका अनुसार ललितपुरको पुल्चोकबाट लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकीबाट बसहरू नारायणगढ प्रस्थान गर्ने छन् ।

    कलंकीबाट साझा यातायातको पहिलो बस बिहान ७ बजे नारायणगढ प्रस्थान गर्ने छ । त्यसपछि क्रमशः ८, ९, १०, ११ र १२ बजे प्रत्येक एक घण्टाको अन्तरालमा बसहरु नारायणगढ प्रस्थान गर्ने छन् ।

    नारायणगढ पुगेपछि बसहरू यात्रुहरू लिई नारायणगढ बसपार्कबाट पुल्चोक हुँदै काठमाडौं फर्किनेछन् । साझाका अनुसार सिटमा बाहेक उभिएर वा मुडामा बसेर यात्रा गर्न पाइने छैन ।
    null

    प्रतिकृया दिनुहोस्